सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २३ पुस । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालार्ई थप पहल गर्न आग्रह गरेका छन् । सत्तारुढ पाँच दलीय गठबन्धन दलका शीर्ष नेताको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा संसद् अवरोध हटाउने बारेमा छलफल भएको नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले जानकारी दिए । बैठकमा नेताहरुले प्रधानमन्त्री देउवालार्ई प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संसद् गतिरोध अन्त्य गर्ने सम्बन्धमा संवाद गर्न सुझाएको उनले जानकारी दिए । एमाले अध्यक्ष ओलीसँगको संवादपछि हुने प्रतिक्रियाका बारेमा गठबन्धन दलको बैठकमा थप छलफल गरेर अघि बढ्ने बैठकमा सहमति भएको छ । एमालेले आफ्ना केही माग राखेर संसद्को चालु अधिवेशनको प्रारम्भदेखि नै संसद बैठक अवरुद्ध गर्दै आएको छ । बैठकमा आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवारलार्ई विजयी गराउने सम्बन्धमासमेतमा छलफल भएको थियो । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धन दलले साझा उम्मेदवार तय गरी उम्मेदवारको मनोनयनपत्र दर्ता गराइसकेका छन् । बैठकमा कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बैठक बसेको हो । कांग्रेस नेता रामचन्द्र पौडेल संयोजक रहेको संयन्त्रको बैठक बिहीबार पनि बसेको थियो ।