पाटन जेसिसले पायो प्रवेश मल्लको नेतृत्वमा नयाँ कार्यसमिति

जेसिसले गर्‍यो एक दर्जन बढीलाई सम्मान 
शुक्रबार, पुस २३, २०७८

ललितपुर, २३ पुस । पाटन जेसिसले सन् २०२२ का लागि गठन गरिएकोे नयाँ कार्यसमितिलाई स्वागत गर्दै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरेको छ ।  पाटन जेसिसले बिहीबार आयोजना गरेको कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, उद्योग वाणिज्य संघ ललितपुरका अध्यक्ष मनोज बहादुर न्याछ्योँ लगायतले ती व्यक्तित्वलाई सम्मान पत्र प्रदान गरि सम्मान गरे ।कार्यक्रममा ललितपुर प्रमुख महर्जनले जेसिसले युवाहरुको क्षमता विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । परिणाममुखी काममा केन्द्रित हुन अनुरोध गरे । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जेसिसले नेतृत्व विकास, क्षमता विकासका लागि युवामा गरेको लगानीको प्रसंशा गरे । राज्यका विभिन्न संयन्त्रसँग सहकार्य जेसिसलाई सुझाव दिए । उनले भने, ‘जेसिसले गरेका कामलाई राज्यका नियम कानुनसँग पनि जोडेर, राज्य संयन्त्रसँग सहकार्य गरे, नतिजा छिटो प्राप्त हुन्छ’ उद्योग वाणिज्य संघ ललितपुरका अध्यक्ष मनोज बहादुर न्याछ्योँले जेसिसले समाजका लागि योग्य जनशक्ति उत्पादन गरेको बताए ।
नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष सिनेटर लालमणि भण्डारीले कार्ययोजना सहित जेसिसले आफ्ना कार्यक्रम तय गरेको बताए । उनले परिणाममुखी काम र कार्यक्रममा लाग्न आफ्ना सहकर्मीहरुलाई अनुरोध गरे । उनले भने, ‘कार्यक्रमका संख्यामा केन्द्रित नहोऔं, त्यसको परिणाम र प्रभावमा केन्द्रित होऔँ ।’ 
नेपाल जेसिसका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमा प्याकुरेल जेसिसले व्यक्तिको क्षमता विकासका लागि गरेको कामको स्मरण गर्दै जेसिसको विकासका लागि हरदम, हरपल सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 
पाटन जेसिस सन् २०२२ का नवनिर्वाचित  अध्यक्ष प्रवेश मल्लले नविनतम योजना सहित अघि बढ्ने बताए । कुराभन्दा कामलाई प्राथमिकता प्रतिबद्धता व्यक्त गरे । निर्वतमान अध्यक्ष जाज्वल्यमान जोशीले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार