सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर, २३ पुस । माघ दुई गते मनाउन लागिएको २४ औं भूकम्पीय सुरक्षा दिवस व्यवस्थापन उपसमितिको बैठक बिहीबार ललितपुरमा बस्यो । ललितपुर महानगरका प्रमुख तथा २४ औं भूकम्पीय सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको उक्त बैठकले कोभिड संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थालाई ध्यान दिँदै कार्यक्रम स्थलमा मास्क र स्यानिटाइजरको व्यवस्था गर्ने बैठकले निर्णय ग¥यो । कार्यक्रम ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना हुनेछ । कार्यक्रम स्थलमा भौतिक दुरी कायम हुने गरी कार्यक्रम आयोजा गरिने उपसमितिका संयोजक महर्जनले बताए । उनले नागरिकलाई भूकम्पको जोखिम र यसबाट कम क्षति हुने उपाय बारे जानकारी दिने तरीकाले कार्यक्रम आयोजन ा गर्ने निर्णय बैठकले गरेको बताए । यो वर्षको भूकम्पीय सुरक्षा दिवसको नारा ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ रहेको छ । ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले फैलदैं गएको कोभिडका कारण कार्यक्रमलाई सांकेतिक, संक्षिप्त र व्यवहारिक हुने गरी आयोजना गर्ने बताए । पुस १४ गते गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा बसेको राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले २४ औं भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिको संयोजक यस वर्ष ललितपुर प्रमुख रहने निर्णय गरेको थियो । उक्त उपसमिति भूकम्प सुरक्षा दिवसको मार्गदर्शन, २०७१ को व्यवस्था बमोजिम गठन गरिएको हो । बैठकमा ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, सुरक्षा निकायका प्रतिनिधि, सरकारका अन्य निकायका प्रतिनिधि, निजी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।