कजाकस्तान संकटः मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली ठोक्न आदेश  

शुक्रबार, पुस २३, २०७८

नुर सुल्तान, २३ पुस : कजाकस्तानमा सरकारविरोधी प्रदशर्नकारीलाई गोली ठोक्न आदेश  दिइएको छ । आफ्ना हतियार नबिसाउने प्रदर्शनकारीलाई गोली ठोक्न गृह मन्त्रालयले आदेश दिएको हो । इन्धनको मूल्य वृद्धिलाई लिएर कजाकस्तानमा केही दिन यता हिंसात्मक प्रदर्शन भएका छन् ।

प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा दर्जनौ प्रदर्शनकारी मारिएका छन् । शुक्रबारसम्म दुई हजार ३०० प्रदर्शनकारी पक्राउ परेका छन् । झडपमा कम्तिमा १८ सुरक्षाकर्मी मारिएका छन् भने ७४८ जना घाईते भएका छन् ।

प्रदर्शन नियन्त्रण गर्न कजाकस्तानका राष्ट्रपति कासिम जोमाट टोकायभको अनुरोधमा रुसी फौज त्यहाँ पुगेको छ ।

यसअघि बुधबार एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति टोकाएभले रुसले नेतृत्व गरेको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन (सीएसटीओ ) लाई प्रदर्शन नियन्त्रण गर्नका लागि सहयोगको अपिल गरेका थिए ।

मूल्यविरोधी प्रदर्शन मत्थर पार्न विदेशी सेना तैनाथ 

रुसी नेतृत्वको एउटा सैन्य फौज कजाकस्तान प्रवेश गरेको छ । कजाकस्तानका राष्ट्रपति कासिम जोमाट टोकायभको अनुरोधमा रुसी फौज त्यहाँ पुगेको हो । 

इन्धनको मूल्यवृद्धिलाई लिएर सरकारविरोधी प्रदर्शन चर्किरहेका बेला टोकायभले रुसको सेनालाई गुहारेका थिए । प्रदर्शनकारी र सुरक्षकर्मीबीचको झडपमा कजाकस्तानमा दर्जनौं प्रदर्शनकारी मारिएका विवरण सार्वजनिक भएका छन् । प्रदर्शन नियन्त्रण गर्ने क्रममा केही सुरक्षाकर्मी पनि हताहतीमा परेका छन् ।

बुधबार एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति टोकाएभले रुसले नेतृत्व गरेको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन (सीएसटीओ ) लाई प्रदर्शन नियन्त्रण गर्नका लागि सहयोगको अपिल गरेका थिए । सीएसटीओअन्तर्गत ताजिकिस्तान, बेलारुस, रुस, कजाकस्तान, र आर्मिनिया का सेना आबद्ध छन् ।
 

- एजेन्सी

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०९:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार