एनआरएनएले बोलायो केन्द्रीय समितिको बैठक

शुक्रबार, पुस २३, २०७८

लण्डन, २३ पुस : गैरआवासीय नेपाली संघ (एनआरएनएं) कोे ८१ औं बैठक आगामी साता बस्ने भएको छ । संघका महासचिव डा हेमराज शर्माका अनुसार सो बैठक जनवरी १५ का दिन नेपालको समय अनुसार दिउँसो दुई बजे बस्ने गरि डाकिएको हो ।  बैठकमा आगामी दशौं महाधिवेशन र संघको निर्वाचन प्रमुख एजेण्डा लगायतका विषयमा छलफल हुने बताएको छ । संघको महाधिवेशनमा प्रतिनिधि छनौटको विषय प्रमुख रुपमा विवादित हुँदा निर्वाचन र महाधिवेशन लामोसमयदेखि रोकिएको छ । केन्द्रीय समितिको बैठक अगावै निर्वाचन सम्बन्धी तालिका प्रकाशन गर्ने तयारी गरिएको छ । महाधिवेशन प्रतिनिधि विवाद सल्टाउन अध्यक्षका प्रत्यासी डा. बद्री केसी, रविना थापा र कुल आचार्यबीच पटकपटक औपचारिक र अनौपचारिक बैठकहरु सम्पन्न भएका छन् ।  संघका अध्यक्ष कुमार पन्तद्धारा विवाद मिलाउन गठित एक उपसमितिभित्र केन्द्रीय प्रतिनिधि विवादमा सहमति जुटेको दावी गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०७:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार