भारतीय मन्त्रिपरिषद्को निर्णय : दार्चुला र धार्चुला जोड्ने महाकाली नदीमा पुल बन्ने

बिहीबार, पुस २२, २०७८

काठमाडौं, २२ पुस : नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ । 

त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको छ । 

भारतीय विदेशमन्त्री एस जयशंकरले आजको क्याविनेट बैठकले धार्चुलास्थित महाकाली नदीमा पुल बनाउन का लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको उल्लेख गरेका हुन् । यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उनले उल्लेख गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  २०:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार