अमेरिकामा हिमआँधीबाट कम्तीमा २० जनाको मृत्यु

बुधबार, फागुन ५, २०७७

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा केही दिनदेखिको हिमआँधीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । अमेरिकी जलवायु सेवाका अनुसार दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा ठूलै हिमआँधी आएको छ । टेक्सासमा मंगलबार अपराह्नसम्ममा ३० लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट विमुख भएका छन् । सुगरल्यान्ड शहरमा घरभित्र बालेको आगो फैलिएर भएको आगलागीबाट मंगलबार बिहान एक महिना र तीन बालबालिकाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १० जना अरु घाइते भएका छन् । दक्षिणी टेनेस्सी राज्यमा पनि एक जना १० वर्षीय बालकको हिउँले ढाकिएको पोखरीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रतिकूल मौसमका कारण धेरैवटा कोभिड–१९ का खोप केन्द्रहरु पनि बन्द गर्नु परेको छ । खोप ढुवानीमा समेत समस्या उत्पन्न भएको छ । अर्काे हिउँदे आँधी अमेरिकाका दक्षिण तथा मध्यपश्चिमी क्षेत्रमा बुधबारदेखि शुरु हुन लागेको पनि जलवायु अधिकारीहरुले बताएका छन् ।– सिन्ह्वा

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार