चीनको अन्तरिक्ष यानले पठायो मंगल ग्रहमा हिउँ परेको र बाँझो मैदानको लोभलाग्दो तस्विर 

मंगलबार, पुस २०, २०७८

बेइजिङ, २० पुस : मंगल ग्रहको अनुसन्धानअन्तर्गत चीनले अन्तरिक्षमा डेढ वर्षअघि पठाएको अन्तरिक्ष यान तियानवेन १ ले मंगल ग्रहमा हिउँ परेका लोभलाग्दा तस्विरहरु पृथ्वीमा पठाएको छ । मंगल ग्रहमा तियानवेन १ ले खिचेका चार ओटा तस्विरलाई चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले सार्वजनिक गरेको छ । 

ती रंगीन तस्विरहरुमा तियानवेन मार्स मिसन रातो ग्रह वरपर घुमिरहेको देखिन्छ । त्यस्तै तस्विरमा मंगल ग्रहको उत्तरी ध्रुवमा हिउँले ढाकेको तथा मंगल ग्रहको बाँझो मैदान देख्न सकिन्छ । ती सबै तस्विर यानमा जडान गरिएको क्यामराले खिचेको हो । सो यान अहिले पृथ्वीबाट ३५ करोड किलोमिटर टाढा छ ।  

गत वर्षको जुलाईमा चीनको हेनान प्रान्तको वेन्चाङ स्पेस लन्च सेन्टरबाट पठाइएको तियानवेन १ को नाम चीनको एउटा प्राचीन कवितासँग जुराइएको थियो । यही १० फेब्रुवरीमा मंगल ग्रहको कक्षमा पुग्नुअघि यानले ४७ करोड ५० लाख किलोमिटर यात्रा पार गरिसकेको छ ।-एजेन्सी
 

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार