प्रधानमन्त्री देउवा ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर घुमे धरान

मंगलबार, पुस २०, २०७८

काठमाडौं, २० पुस : प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सुनसरीको धरानमा फोहोरमैला प्रशोधन केन्द्रको उदघाटन गरेका छन् ।

काठमाडौंबाट हेलिकोप्टरमा गएका प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका-६ पानबारी रहेको फोहोर प्रशोधन केन्द्रमा पुगेर फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका थिए।

त्यसपछि प्रधानमन्त्री देउवा फोहोरमैला प्रशोधनबाट उत्पादन गरिएको ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर घुमेका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार