भोटखोलामा आगलागी हुँदा एकको मृत्यु

आइतबार, पुस १८, २०७८

किमाथाङ्का, १८ पुस । सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ लुङसुङमा कटेरोमा आगलागी हुँदा  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोटखोला–५ का स्थानीयवासी २३ वर्षीय पङ्खामान राई रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । प्रनाउ सुवेदीका अनुसार पङ्खामानसहित पाँच जनाको टोली काठ काट्न जङ्गल गएका थिए । उनका साथीहरु खाद्यान्न लिन गाउँतर्फ गएको बेला कटेरोमा आगलागी भएर राईको शनिबार राति घटनास्थलमै मृत्यु भएको सुवेदीले बताए । उनका साथी धीरजमान राई, कमल राई, सूर्य राई र सञ्जीव राई पङ्खामानलाई छोडेर चार जना खाद्यान्न लिनका लागि गाउँतर्फ गएका थिए । उनका साथी फर्किदा पङ्खामानको जलेर मृत्यु भएको अवस्थामा भेटिएको प्रनाउ सुवेदीले बताए । आगलागी भएर मृत्यु भएको जानकारी पाउने वित्तिकै प्रहरी टोली घटनास्थल पुगेर छानबिन सुरु गरेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  २१:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार