जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

आइतबार, पुस १८, २०७८

बर्दिया, १८ पुस । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट राजापुर नगरपालिका–९ की ५४ वर्षीया धुशिया थारुको मृत्यु भएको हो । आज दिउँसो नेपाल–भारत दशगजा क्षेत्रमा बाख्रा चराउने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी थारुको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । थारुको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको कार्कीले बताए । 
 

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  २०:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार