मारिबमा यमनी सेनाको कारबाहीमा ३७ जना हुथी विद्रोही मारिए

आइतबार, पुस १८, २०७८

साना, १८ पुस । यमनी सैनिकसँगको भिडन्तका क्रममा यहाँका कम्तीमा पनि ३७ जना हुथी विद्रोही मारिएका छन् । यहाँका विद्रोहीहरुका विरुद्धमा यमनको सेनाले मारिब शहरमा गरेको कारबाहीका क्रममा ती विद्रोही मारिएका हुन् । यहाँको सेनाले प्रायः हवाई हमला गर्ने गरेको थियो । शनिबार भने मारिब शहरको बालक आल शाखरी भन्ने स्थानमा स्थलगत कारबाही नै गरेको थियो । 
त्यस कारबाहीमा परेर ती विद्रोहीहरु मारिएका हुन् । उक्त शहरमा गस्तीमा रहेका यमनी सैनिकमाथि ती विद्रोहीहरुले आक्रमण गरेका थिए । त्यसपछि दुवैतर्फ भिडन्त भएको बताइएको छ । भिडन्तका क्रममा ३७ जना हुथीहरु मारिएका र अरू केही घाइते भएका बताइएको छ । उता साउदी अरेबिया नेतृत्वको सेनाले सोही शहरमा हवाई कारबाही पनि गरेको छ । सो कारबाहीमा परी दर्जनौँ हुथी विद्रोही मारिएको बताइएको छ ।  साथै सो सेनाले ठूलो मात्रामा हुथीहरुका आश्रयस्थल पनि ध्वस्त पारिदिएको पनि बताएको छ ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  २०:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार