उत्तरपूर्वी चीनमा भूमिगत आगलागीमा परी नौजनाको मृत्यु 

आइतबार, पुस १८, २०७८

डालियान, १८ पुस । उत्तरपूर्वी चीनको डालियान सहरको एक बजारमुनिको भूमिगत क्षेत्रमा शुक्रबार भएको आगलागीमा परी नौजनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
उक्त दुर्घटना शुक्रबार बिहान ११ः११ मा भएको थियो र दिउँसो १ः०० बजे आगो निभाइएको थियो ।
आगो निभाउने क्रममा नौजना पीडितमध्ये एकजना अग्निनियन्त्रकको मृत्यु भएको थियो । पाँचजना सामान्य घाइते भएका छन् र उपचाररत छन् । त्यसैगरी, चारजना अझै अस्पतालमा छन् भने एकजना डिस्चार्ज भइसकेका छन् । दुर्घटनाका कारणबारे थप अनुसन्धान जारी छ ।

चीनको युनानमा ५.५ म्याग्निच्युडको भूकम्प

चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ सहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (ऋभ्ल्ऋ) ले जनाएको छ । 
आइतबार (बेइजिङ समय) दिउँसो ३ः०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ । हालसम्म कुनै हताहतको खबर छैन । थप विवरण आउँन बाँकी छ ।

दक्षिण अफ्रिकाको संसद् भवनमा आगलागी 

दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा आइतबार बिहान आगलागी भएको छ । सुरक्षा र सुरक्षाका लागि मेयरल समितिका सदस्य जेपी स्मिथले जनाएअनुसार राष्ट्रिय सभा भवनमा आगो लागेको थियो र आगो छतमा फैलिएको थियो । उक्त दुर्घटनाम हालसम्म कुनै हताहतको खबर आएको छैन ।
“आगो नियन्त्रणमा आउन सकेको छैन र भवनका केही पर्खालहरूमा चर्किएको पुष्टि भएको छ,” स्मिथले भने । घटनास्थलमा रहेका ३६ फायर फाइटरहरूले आगो निभाउने प्रयास गरिरहेका छन् ।–रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  २०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार