रुसद्वारा सन् २०२१ मा १० भन्दा बढी रकेट परीक्षण फायरिङ

आइतबार, पुस १८, २०७८

मस्को (रुस), १८ पुस । रुसको प्यासिफिक फ्लिटले गत वर्ष १० भन्दा बढी रकेट परीक्षण फायरिङ गरेको रुसी पूर्वी सैन्य कार्यालयले जानकारी दिएको छ ।
प्रवक्ताका अनुसार सन् २०२१ मा प्यासिफिक फ्लिटमा जहाज संरचनाहरूद्वारा १० भन्दा बढी रकेट फायरिङ गरिएको थियो । परीक्षण फायरिङहरूमा रूसको आधुनिक फ्रिगेट मार्शल शापोश्निकोभद्वारा गरिएका दुई अभ्यासहरूसमेत समावेश थिए ।
गत अप्रिलमा फ्रिगेटले जापानको सागरमा कालिब्र क्रुज मिसाइलको सफल परीक्षण गरेको थियो । त्यसैगरी, डिसेम्बरमा मार्शल शापोस्निकोभले रुसको सबैभन्दा नयाँ एन्टी–सबमरिन कम्प्लेक्स ओटभेटको मिसाइलले जापानको समुद्रमा लक्षित गरी परीक्षण गरिएको थियो ।

मस्कोमा भएको बस दुर्घटनामा पाँचजनाको मृत्यु, २१ घाइते 

मस्कोको दक्षिणी भागमा आइतबार बिहान भएको बस दुर्घटनामा पाँचजनाको मृत्यु हुनाका साथै २१ जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन् । रुसको फेडरल रोड ट्राफिक इन्स्पेक्सन एजेन्सीले रियाजान क्षेत्रमा स्थानीय समयअनुसार बिहान ५ः४५ बजे (०२४५ न्ःत्) दुर्घटना भएको बताएको छ ।
“दुर्घटनाको परिणामस्वरूप पाँचजनाको मृत्यु भयो भने २१ जना घाइते भए,” एजेन्सीले टेलिग्राममा उल्लेख गरेको छ ।
एजेन्सीका अनुसार बस रेलमार्गको पुलको पिल्लरमा ठोक्किएको हुन सक्छ । दुर्घटना मस्कोबाट २७० किलोमिटर (१७० माइल) दक्षिणमा पर्ने भोस्लेबोभो गाउँ नजिकै राजमार्गमा भएको एजेन्सीले जनाएको छ । अधिकारीहरुका अनुसार बसमा जम्मा ४९ जना यात्रु सवार थिए ।- एएनआई/स्पुतनिक

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  २०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार