अफगानिस्तानमा २००५ पछि सबैभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

आइतबार, पुस १८, २०७८

न्यूयोर्क, (अमेरिका), १८ पुस । अफगानिस्तानमा सन् २००५ यता सबैभन्दा बढी बालबालिकाको मृत्यु  भएको प्रमाणित अभिलेख रहेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले बताएको छ । ‘निरपेक्षता’ र चरम उपेक्षाका कारण बालबालिकाहरू मृत्युको शिकार बनिरहेका छन्  । बालबालिकाको सुरक्षाका लागि अब हरेक उपाय अवलम्बन गर्नुपर्नेमा युनिसेफले जोड दिएको छ ।  
“उदाहरणका लागि, अफगानिस्तानमा २००५ यता प्रमाणित बाल हताहतको सबैभन्दा धेरै सङ्ख्या २८ हजार ५०० भन्दा बढी रहेको छ जुन विश्वव्यापी रूपमा सबै प्रमाणित बाल हताहतहरूको सङ्ख्याको २७ प्रतिशत हो ।
यसैबीच, मध्य पूर्व र उत्तर अफ्रिका क्षेत्रमा २००५ यता विद्यालय र अस्पतालहरूमा सबैभन्दा धेरै आक्रमणहरू भएका छन् । गत वर्षको पहिलो छ महिनामा २२ वटा त्यस्ता आक्रमणहरू प्रमाणित भएका छन्, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
युनिसेफका कार्यकारी निर्देशक हेनरिटा फोरले भने, “वर्ष–वर्ष, द्वन्द्वरत पक्षहरूले बालबालिकाको अधिकार र कल्याणका लागि भयानक उपेक्षा प्रदर्शन गरिरहेका छन् ।” “बालबालिकाहरू पीडामा छन् र यो लापरबाहीका कारण केटाकेटीहरू मरिरहेका छन् । यी बालबालिकाहरूलाई हानिबाट जोगाउन हर प्रयास गर्नुपर्छ,” फोरले  भने ।
युनिसेफले सन् २०२१ को तथ्याङ्क अझै उपलब्ध नभएको भए पनि सन् २०२० मा बालबालिकाविरुद्ध २६ हजार ४२५ गम्भीर मानवीय व्यवहार उल्लङ्घनका घटना संयुक्त राष्ट्रसङ्घले प्रमाणित गरेको जनाएको छ ।
“सन् २०२१ को पहिलो तीन महिनामा प्रमाणित गम्भीर उल्लङ्घनहरूको समग्र सङ्ख्यामा थोरै कमी देखिएको थियो तथापि अपहरण र यौन हिंसाका प्रमाणित घटनाहरू अघिल्लो वर्षको पहिलो चौमासिकमा क्रमशः ५० र १० प्रतिशतले वृद्धि भएको देखिएको युनिसेफले जनाएको छ ।
अपहरणमा परेका २१ बालबालिका प्रहरीद्वारा मुक्त 

नाइजेरियाको प्रहरीले यहाँको दक्षिणी प्रान्त जाम्फाराबाट अपहरणमा परेका २१ बालबालिकाको उद्धार गरेको जनाएको छ । ती बालबालिकालाई नाइजेरियाको विद्रोहीहरुको संस्था बोको हरामका हतियारधारीहरुले अपहरण गरी लगेका थिए । 
ती बालबालिका अपहरणमा परेको सूचना पाएपछि यहाँको प्रहरीले पिछा गरेको थियो । त्यसलगत्तै उनीहरुलाई भगाउँदै गरेका अवस्थामा प्रहरीले राजमार्गबाट अपहरणमुक्त गराएको हो । शनिबार अपहरणमुक्त गराएपछि प्रहरीले लगत्तै पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी दिएको हो ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  २०:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार