ह्यारी–मेगन दोस्रो सन्तानको पर्खाइमा

मंगलबार, फागुन ४, २०७७

लण्डन । बेलायतका पूर्व राजकुमार ह्यारी र उनकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रहेको बेलायती सञ्चार माध्यमहरूले जानकारी दिएका छन् । उनीहरुले दोस्रो सन्तान जन्माउन निश्चित भएको उनका सहयोगीले जानकारी दिएका छन् । भ्यालेन्टाइन डेको अवसर पारेर उनीहरूले आफुहरू दोस्रो सन्तान जन्माउने तयारीमा रहेको सार्वजनिक गरेका थिए । एउटा रुखको तल बसेर मुस्कुराएको र मेगनको गर्भवती अवस्थाको तस्बिर उनीहरुले सार्वजनिक गरेका छन् । नयाँ सन्तान प्राप्त हुने खवरले राजपरिवारका सवै सदस्यहर्षित रहेको बताएको छ ।  
‘आर्ची दाई बन्ने सुनिश्चित भइसकेको छ’ उनीहरुका प्रवक्ताले भनेका छन् । उनीहरुका ज्येष्ठ सन्तान आर्ची गत मे मा एक बर्ष पुरा भएका छन् । बेलायती महारानी एलिजावेथ द्वितीयकी नाती ह्यारी र उनकी पत्नी मेगनले गतबर्षको मार्चमा राजपरिवारको सदस्य परित्याग गरी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् । ह्यारी र मेगनबीच पहिलो भेट भएको १६ महिनापछि विवाह भएको थियो । सन् २०१८को मे महिनामा उनीहरुको विवाह भएको हो ।– एएफपी
 

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  ०५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार