अष्ट्रेलियाको पुरानो संसद् भवनमा आगलागी अष्ट्रेलिया

बिहीबार, पुस १५, २०७८

क्यानबेरा, १५ पुस । अष्ट्रेलियाको पुरानो संसद् भवनको अगाडिको प्रवेशद्वारमा बिहीबार आगलागी हुँदा क्षति पुगेको छ । स्थानीय समयअनुसार बिहान ११ः३० बजे (००३० जिएमटि) फायर फाइटरलाई घटनास्थलमा बोलाइएको थियो । स्थानीय मिडियाको भिडियो फुटेजले भवनको अगाडि प्रदर्शनकारी देखाएको छ तर गार्डियन अष्ट्रेलियाका अनुसार आगलागीको कारण भने पुष्टि भएको छैन । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार पुरानो संसद् भवन जहाँ अहिले अष्ट्रेलियाली लोकतन्त्रको सङ्ग्रहालय रहेको छ ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  २०:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार