संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्द्वारा म्यानमार हत्याको निन्दा 

बिहीबार, पुस १५, २०७८

न्यूयोर्क, अमेरिका, १५ पुस । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले बुधबार म्यानमारको काया राज्यमा डिसेम्बर २५ मा चार बालबालिका र दुई मानवीय कामदारसहित कम्तिमा ३५ व्यक्तिको हत्याको निन्दा गरेको छ ।
राजदूतले एक विज्ञप्तिमा जवाफदेहिता र “सबै हिंसाको तत्काल अन्त्य“ गर्न आह्वान गरेका छन् । परिषद्का सदस्यले मानवअधिकारको सम्मान र नागरिकको सुरक्षा सुनिश्चित गर्ने महत्त्वमा जोड दिएका छन् । साथै उनीहरूले “आवश्यकतामा परेका सबै मानिसको लागि सुरक्षित र निर्वाध मानवीय पहुँच, मानवीय र चिकित्सा कर्मचारीको पूर्णसुरक्षाको आवश्यकतालाई पनि जोड दिएका छन् ।
राजदूतले म्यानमारको सार्वभौमसत्ता, राजनीतिक स्वतन्त्रता, क्षेत्रीय अखण्डता र एकताप्रति बलियो प्रतिबद्धताका साथ म्यानमारका जनता र देशको लोकतान्त्रिक सङ्क्रमणप्रतिको समर्थनलाई पुनःदोहो¥याएका छन् ।
विश्वसनीय रिपोर्टका अनुसार दुई १७ वर्षीय किशोर, एक किशोरी र करिब पाँच वर्षको बच्चासहित चार बालबालिकाको मृत्यु भएको बताइएको छ ।– रासस/एएनआई
 

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  २०:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार