दक्षिण सुडानमा सुनखानी दुर्घटना हुँदा ३८ जनाको मृत्यु

बुधबार, पुस १४, २०७८

खार्तुम, १४ पुस । दक्षिण सुडानमा सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा पनि ३८ जना खानी मजदुरको ज्यान गएको छ । सो खानीमा परी अरु पनि केही व्यक्ति घाइते भएका छन् । दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको सो खानीमा अकस्मात विस्फोट भएको थियो । खानीमा अकस्मात बिस्फोट भएको र त्यसपछि भत्किएको थियो । त्यसमा परेर ३८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीले सो खानी असुरक्षित रहेको भन्दै त्यसलाई सञ्चालन नगर्न भनिएको भए पनि सञ्चालनमा ल्याएका कारण यस्तो दुर्घटना भएको बताएको छ ।–रासस/सिन्ह्वा

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार