चार दिनमा अमेरिका र युरोपमा साढे ११ हजार उडान रद्द

मंगलबार, पुस १३, २०७८

न्युयोर्क, १३ पुस । कोभिड संक्रमण तह उच्च विन्दुमा पुगेपछि युरोप र अमेरिकाका विभिन्न राज्यमा गरी ११ हजार ५०० उडान रद्द हुनुका साथै १०औं हजारभन्दा बढी उडानमा ढिलाई भएको छ । कोभिड संक्रमण बढेपछि शुक्रबारदेखि सोमबारको अवधिमा यति ठूलो संख्यामा हवाई उडान प्रभावित भएको हो । उडान रद्द  हुँदा विशेष गरेर क्रिसमसको अवसरमा छुट्टी मनाउन जाने र घर फर्किने लाखाैं मानिसहरु प्रभावित भएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण युरोपका अधिकांश देशमा नयाँ प्रतिबन्ध घोषणा गरिएका छन् । विश्वमा हवाइ उडानसम्बन्धी अभिलेख राख्ने फ्लाइटअवेरका अनुसार सोमबार मात्र ३ हजार उडान रद्द भएका थिए । कोभिड संक्रमणका कारण अमेरिकाको यात्रा अस्तव्यस्त भएपछि आइसोलेसन अवधि १० बाट घटाएर पाँच दिन बनाइएको छ ।  पछिल्लो समयमा अमेरिका र युरोपमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमणका कारण अमेरिकाका कोभिड अस्पताल भरिएको भन्दै राष्ट्रपति जो बाइडेनले सचेत हुन आग्रह गरेका छन् ।   
 

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार