म्यानमारका सेलिब्रेटीलाई तीन वर्ष जेल सजाय

मंगलबार, पुस १३, २०७८

यांगुन, १३ पुस । म्यानमारका चर्चित सेलिब्रेटीलाई त्यहाँको सेनाको जुन्ता सरकारले जेल सजाय सुनाएको छ । म्यानमारमा सरकारविरोधी आन्दोलनमा सहभागी भएको अभियोगमा मोडल तथा नायक पाइङ टाकहोनलाई तीन वर्ष जेल सजाय सुनाएको हो । टाकहोनका लाखौं प्रशंसक छन् । उनले सरकारविरोधी प्रदर्शनमा सक्रीय सहभागीता जनाउनुका साथै सामाजिक सञ्जालमार्फत सरकारको विरोध गर्दै आएका थिए । निर्वाचनमा व्यापक धाँधली भएको भन्दै गत जनवरीमा सेनाले निर्वाचित सरकारलाई बर्खास्त गरेर सरकारकी नेतृ आङ सान सूचीलाई घरमै नजरबन्दमा राखेको थियो । सत्ता सम्हालेपछि सेनाले विपक्षीको चरम दमन गरेको छ । अप्रिलमा आठ ओटा ट्रकमा आएका करिव ५० जना सेनाले २४ वर्षीय टाकहोनलाइ घरबाटै पक्राउ गरेको उनकी बहिनीले फेसबुकमा पोस्ट गरेकी छिन् ।
 

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १२:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार