अफगानी महिलाले ७२ किलोमिटर भन्दा पर यात्रा गर्दा पुरुष नातेदारसँगै चाहिने

मंगलबार, पुस १३, २०७८

काठमाडौं :  अफगानिस्तानमा मध्यम र लामो दूरीको यात्रा गर्न महिलाले अब एक्लै यात्रा गर्न नपाउने भएका छन् । 

अफगानिस्तानमा कब्जा जमाएको तालिबानले अब यात्रा गर्नका लागि पुरुष नातेदारको उपस्थितिलाई अनिवार्य गरेको छ ।

छोटो दूरीका यात्राका लागि भने यो नियम लागू हुने छैन । 

तालिबानका अधिकारीहरुले लामो यात्राका क्रममा पुरुष नातेदार नभए उनीहरुलाई यात्रा सुविधा नहुने जनाएको हो । 

तालिबानको 'सदाचार फैलाउने र नराम्रो रोक्नेवाला' मन्त्रालयले यसबारेमा जरुरी निर्देशन जारी गरेको हो । 

मन्त्रालयका  प्रवक्ता सादिक अकिफ मुहाजिरले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार अब ७२ किलोमिटर भन्दा टाँढा जाने महिलाले कुनै पुरुष नातेदा बिना यात्रा गर्न पाउने छैनन् ।-एजेन्सी

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  ०७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार