सोसल मिडिया
Contact Us
युनिकोड
अन्टानारिभो, ८ पुस । माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ । समुद्री अधिकारीहरूले बिहीबार २१ शव निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताइएको हो । सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुङ्गा (जहाज)मा १३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएका छन् । मृत्यु हुनेमा पाँच बालबालिका रहेका छन् । यात्रुहरू बोक्नका लागि अनुमतिप्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना–इभोङ्गोकोतर्फ लगभग १०० किलोमिटर (६० माइल) दक्षिणतर्फ प्रस्थान गर्दै थियो । नदी र सामुद्रिक बन्दरगाह एजेन्सीका एड्रियन फेब्रिस रत्सिम्बाजाफीका अनुसार प्रारम्भिक अनुसन्धानले जहाजको इन्जिनमा ‘प्राविधिक समस्या’ भएको देखाएको छ ।
दुर्घटनामा सातको मृत्यु
बोलिभियाको दक्षिणी क्षेत्र चुकेसामा सडक दुर्घटनामा परी कम्तीमा पनि सात जना यात्रुको निधन भएको छ । यहाँका स्थानीय अधिकारीका अनुसार सडकमा गुडिरहेको गाडी खोँचमा खस्दा ती यात्रुको निधन भएको हो । आठ जना यात्रु लिएर गएको भ्यान दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी एक जना घाइते भएका बताइएको छ । यहाँको नगरपालिकाका प्रमुखले अविरल वर्षाका कारण सडक चिप्लो भएर उक्त सवारी चिप्लिएर सडकमा खसेको बताएका छन् ।उत्तरपश्चिम पाकिस्तानमा कार र ट्रक
ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहान जानकारी दिएका छन् । कार र ट्रक एकापसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूले घाइतेलाई अस्पताल पु¥याएका छन् र घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटना इस्लामावाद–पेशावर मोटरवेको उत्तरपश्चिमी अटक इन्टरचेन्ज नजिक भएको हो । हालै, पाकिस्तानको ठूलो भाग, विशेषगरी खुला क्षेत्रहरूमा बाक्लो कुहिरो लागेको छ जसले सडक दुर्घटनाहरू बढाएको छ । यसैबीच कमजोर मर्मत गरिएको सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाही पाकिस्तानमा सडक दुर्घटनाका अन्य प्रमुख कारणहरू हुन् ।– रासस/सिन्ह्वा