ब्राजिलमा हरेक दिन हजार मानिसको कोरोना सङ्क्रमणबाट मृत्यु 

आइतबार, फागुन २, २०७७

रियो दि जेनेरियो । दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्यामा बढ्दो छ । स्वास्थ्य अधिकारीकाअनुसार यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या घट्ने सङ्केत अझै देखिएको छैन । पछिल्लो अपडेटअनुसार यहाँ गएको २४ घन्टायता एक हजार ४३ जनाको ज्यान गएको छ । ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट दुई लाख ३८ हजारभन्दा बढीको ज्यान गएको छ । साथै यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको सङ्ख्यामा पनि बृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ एक हजार ४३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँको स्वास्थ्य मन्त्रालयकाअनुसार यहाँ कोरोना भाइरसका कारण एक हजार जनाभन्दा बढीको मृत्यु भएको छ ।   त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार ३६० जना सङ्क्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ९८ लाख छ हजार ९६५ जना सङ्क्रमित भएका छन् । त्यस्तै ब्राजिलमा अहिलेसम्म ८७ लाख १० हजार भन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् भने आठ लाख ६१ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै ब्राजिलमा अहिले हजरौँ नागरिकलाई आइसीयुमा राखेर उपचार गरिएको पनि त्यस समाचारमा जनाइएको छ । यहाँ यो भाइरसको दोस्रो वेभ आएको छ र त्यसपछि यहाँ यो सङ्क्रमणबाट बढी क्षति भएको छ ।  ब्राजिलमा संयुक्त राज्य अमेरिकापछि ठूलो सङ्ख्यामा मानिसको निधन भएको छ । अमेरिकामा अहिलेसम्ममा चार  लाख ९६ हजारभन्दा बढीको निधन भएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार