भारतको दक्षिणी राज्यमा भएको सडक दुर्घटनामा चौध जनाको मृत्यु  

आइतबार, फागुन २, २०७७

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा आइतबार बिहान सबेरै भएको सडक दुर्घटनामा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ । एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । दुर्घटनामा आठ महिला मारिएका छन् । घाइते सबै बालबालिका रहेको जनाइएको छ ।  प्रहरीकाअनुसार कुर्नूल जिल्लाको मदारपुरम गाउँनजिकै दुर्घटना भएको हो । घाइतेलाई उपचारार्थ सरकारी अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएइको छ ।– सिन्ह्वा

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १८:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार