लकडाउन उल्लङ्घनका मुद्दा फिर्ता लिन उत्तर प्रदेश सरकारको निर्देशन 

आइतबार, फागुन २, २०७७

लखनऊ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कोभिड–१९ नियन्त्रण कानुन उल्लङ्घन गर्ने सर्वसाधारणविरुद्धको मुद्दा फिर्ता लिन निर्देशन दिएका छन् । 
राज्य सरकारले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो कदमबाट उत्तर प्रदेश सरकार यस्तो आदेश जारी गर्ने देशको पहिलो राज्य भएको छ । यो कदमले राज्यका साढे दुई लाख भन्दा बढी जनतालाई ठूलो राहत प्रदान गर्नेछ ।’ यो कदमसँगै लाखौं सर्वसाधारणलाई उनीहरूको कोभिड–१९ प्रोटोकोल उल्लङ्घनका घटनाहरू अनुसन्धानका लागि भइरहेको अवस्थामा अदालत जानुपर्ने कठिनाईको अन्त्य भएको छ ।  लकडाउन कानूनको धारा १८८ उल्लङ्घन गरेको आरोपमा राज्य भरका प्रहरी स्टेशनहरूमा दर्ता भएका यी मुद्दा फिर्ता लिने तयारी भइरहेको उत्तर प्रदेश सरकारले बताएको छ । जनवरी २८ मा सरकारले राज्यभरका व्यापारीहरू विरूद्ध तालाबन्दीको क्रममा मुद्दा दर्ता गराउन निर्देशन जारी गरेको थियो । यसपछि उत्तर प्रदेश कानूनमन्त्री बृजेश पाठकले व्यापारीलाई मुद्दा दायार गर्न प्रमाण जुटाउन निर्देशन दिएका थिए । राज्य सरकारले प्रोटोकोल उल्लंघन मुद्दाहरूको कारण आम जनताले अनावश्यक समस्याहरूको सामना गर्नुपरेको ठहर गरेको छ ।  सरकारको यो कदमले अदालतमा मुद्दाको बोझ कम गर्ने पनि विश्वास लिएको छ ।– एएनआई  
 

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  ०५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार