इटलीमा नयाँ प्रधानमन्त्री चयन 

म्यारियो द्रागीले लिए सपथ 
आइतबार, फागुन २, २०७७

रोम । इटलीको प्रधानमन्त्रीका रूपमा म्यारियो द्रागीले शनिबार सपथ ग्रहण गरेका छन् । यूरो क्षेत्रको तेस्रो ठूलो अर्थतन्त्र इटलीमा केही सातादेखि राजनीतिक अन्यौलता कायम थियो ।राष्ट्रपति सर्गियो माटेरेलाले द्रागीलाई सपथ गराएका हुन् । राष्ट्रपति भवनमा भएको सपथ कार्यक्रममा उनले भने, ‘म गणतन्त्रप्रति इमान्दार भई काम गर्ने प्रतिबद्धता जाहेर गर्छु ।’ सपथ ग्रहणपछि सञ्चारकर्मीसँग द्रागीले आफू गणतन्त्र इटलीको राजनीतिक स्थिरताका लागि इमान्दार रहने बताए । .उनले भने, ‘म इटलीमा कोभिड–१९ का कारण परेको आर्थिक तथा सामाजिक समस्यालाई हल गर्दै अघि बढ्न नैतिक तथा विवेकपूर्ण तरिकाले लागि पर्नेछु ।’  युरोपेली केन्द्रीय बैंकका पूर्वप्रमुखसमेत रहेका द्रागीको प्रधानमन्त्रीका रुपमा आगमन भएसँगै रोमले कोभिड–१९ का कारण थला परेको अर्थतन्त्रलाई उकास्न महत्वपूर्ण भूमिका निर्बाह गर्नेमा इटलीका जनता, राजनीतिक पार्टी, उद्योगपछि तथा व्यवसायी आशावादी बनेका छन् ।– एएफपी  
 

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  ०५:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार