सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामावाद, ५ पुस । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, यदि अफगानिस्तानलाई समयमै सहयोग उपलब्ध गराउन नसक्ने हो भने यहाँ मानवीय संकट पैदा हुनेछ । ‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’को एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पनि अफगानिस्तानमा ठूलो संकट परेको र यसलाई समयमै समाधानको उपाय नखोज्ने हो भने यसबाट समस्या पनि उत्पन्न हुन सक्ने बताएका हुन् । गत अगष्ट १५ सम्म पनि अफगानिस्तानको करिब आधा जनसंख्या गरिबीमा रहेको र त्यस समयमै यहाँका करिब ७५ प्रतिशत बजेट बैदेशिक सहयोगमा निर्भर रहेको भन्दै उनले आगामी दिनहरु अफगानिस्तानका लागि निकै कष्टकर हुनसक्ने बताएको हो । उनले हाल तालिबान शासन सुरु भएपछि यहाँको अवस्था झन् नाजुक बन्दै गएको र वैदेशिक सहायताको रकम पनि उपलब्ध हुन नसकेको भन्दै सहयोगका लगि आग्रह गरेका छन् । उनले वैदेशिक सहायताका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराएका छन् । उनले अफगानिस्तानको अवस्थाको सुधारका लागि विदेशी दाता राष्ट्र र देशले सहयोग गर्नुपर्ने भन्दै सबैको ध्यानाकर्षण गराएका छन् ।
बङ्गलादेशले अफगान जनतालाई मानवीय सहयोग गर्ने घोषणा
बंगलादेशले अफगान जनतालाई खाद्यान्न र औषधि सहायताको रूपमा मानवीय सहायता प्याकेजहरुमार्फत सहयोग गर्ने भएको बंगलादेशको विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ । पाकिस्तानमा डिसेम्बर १९ मा आयोजित इस्लामिक सहयोग संगठन (ओआईसी) परराष्ट्र मन्त्री परिषद्को १७ औँ असाधारण बैठकमा पाकिस्तानका विदेश सचिव मसुद बिन मोमेनले यो जानकारी गराएको परराष्ट्र मन्त्रालयका प्रवक्ता मुहम्मद मोहसिन रेजाले बताएका छन् । काउन्सिलको बैठकमा परराष्ट्र सचिवले अफगानिस्तानको ठूलो हिस्सामा खाद्यान्न, आश्रय र सामाजिक सेवाको चरम अभावका कारण आर्थिक र मानवीय सङ्कटमा परेको विषयमा गहिरो चासो व्यक्त गरेका छन् । जाडोको याममा झनै बिग्रन सक्ने पनि उनी बताउँछन् । अफगानिस्तानको समावेशी सामाजिक–आर्थिक विकास निर्वाध रूपमा जारी रहने विश्वास व्यक्त गरिए तापनि समाजका सबै वर्गले आफ्नो देशको पुनर्निर्माण प्रक्रियामा प्रभावकारी रूपमा योगदान पु¥याउन र क्षेत्रीय सद्भाव कायम राख्न सकून् भन्ने मोमेनले बताएका छन् । परराष्ट्र सचिव मोमेनले पनि बंगलादेशले अफगानिस्तानको विकास प्रक्रियामा साझेदार हुनसक्ने बताएका छन् ।–रासस/सिन्ह्वा