इराकको बगदादको ग्रीन जोनलाई लक्षित गरी रकेट आक्रमण 

आइतबार, पुस ४, २०७८

बग्दाद,   पुस । मध्यबगदादमा रहेको अमेरिकी दूतावास रहेको ग्रिन जोनमा आइतबार बिहान दुईवटा कात्युशा रकेट प्रहार गरिएको इराकी समाचार एजेन्सी (आईएनए) ले जनाएको छ। एउटा रकेट अमेरिकी दूतावास साइटको सुरक्षा गर्ने C-RAM प्रतिरक्षा प्रणालीद्वारा हावामा नष्ट भएको  र अर्को क्षेत्रको भव्य समारोह स्क्वायर नजिकै अवतरण भएको थियो जसले दुईवटा नागरिक कारहरूलाई क्षति पुर्‍याएको एजेन्सीले  जनाएको छ । आईएनएका अनुसार हताहतको बारेमा तत्काल कुनै खबर आएको छैन र सुरक्षा बलले घटनाको अनुसन्धान थालेको छ। केही मुख्य इराकी सरकारी कार्यालयहरू र अमेरिकी दूतावास रहेको ग्रीन जोनलाई बारम्बार विद्रोहीहरूले मोर्टार र रकेट आक्रमणद्वारा निशाना बनाइएका छन् ।-रासस/सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार