बेइजिङका नागरिकका लागि बरफ र हिउँको मौसम खुल्ला

आइतबार, पुस ४, २०७८

बेइजिङ,  ४ पुस । बेइजिङको सिजिङलोङ स्की रिसोर्टमा शनिबारदेखि आठौं बेइजिङ नागरिकको शुभ बरफ र हिउँको मौसम शुरु भएको छ। अर्को वर्ष अप्रिलसम्म चल्ने यस सिजनमा बेइजिङका बासिन्दाहरूका लागि बरफ र हिउँ खेलकुद संस्कृति फैलाउन र सम्बन्धित उद्योगमा खपत बढाउने प्रयासमा थुप्रै खेलकुद र सांस्कृतिक कार्यक्रमहरू समावेश हुनेछन्।
बेइजिङमा यो बरफ र खेलकुद खेल महोत्सव २०२२ को शीतकालीन ओलम्पिक खेलका लागि अभियानको रूपमा २०१४ मा उद्घाटन गरिएको थियो। जुलाई, २०१५ मा बेइजिङको सफल बोली पछि बरफ र हिउँको मौसम एक प्रसिद्ध सामूहिक खेल गतिविधिको रूपमा विकसित भएको छ।-रासस/सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार