सोसल मिडिया
Contact Us
युनिकोड
मनिला, ४ पुस । फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यो सँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पुर्याउने प्रयासहरू बढ्दै गएको छ। राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि ३००,००० भन्दाबढी मानिस आफ्नो घर र समुद्र तटको रिसोर्ट छोडेर भागेका थिए। आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उढाएको छ। बिजुलीका पोल ढलेका छन् र गाउँ बाढीमा परेका छन् । राईले बिहीबार प्रतिघण्टा १९५ किलोमिटर (१२० माइल) गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्रहार गरेको थियो । सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौं सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन् । कोस्ट गार्ड र खाना, पानी र चिकित्सा आपूर्ति बोकेका नौसेनाका जहाजहरू प्रभावित क्षेत्रतर्फ पठाइँदै छन् । परोपकारी र आपतकालीन सेवाहरूले चन्दाको लागि अपील गरेका छन् । बोहोलका केही भागमा भएको क्षतिको हवाई सर्वेक्षण गरिएको छ ।
अस्ट्रेलियाको ब्रिसबेननजिकै समुन्द्री विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु
अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतबार एउटा हल्का विमान समुन्द्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा दुई जना वयस्क पुरुष र दुई बालबालिका रहेको पुष्टि गरेको छ । ूविमान मङ्ग्रोभ पछाडि हराएको थियो। चार सिटको सानो विमानले स्थानीय समयअनुसार बिहान ९ बजे ब्रिस्बेनको उत्तरमा रहेको रेडक्लिफ एयरपोर्टबाट उडान भरेको थियो । क्वीन्सल्याण्ड प्रहरीको विज्ञप्तिमा भनिएको छ, क्वीन्सल्याण्ड वाटर पुलिस अधिकारी र राज्यको फोरेन्सिक क्र्यास युनिटले अनुसन्धान जारी राखेका छन् । विमानको गोताखोर पठाइएको छ । घटनाको लगत्तै पत्रकारसँग कुरा गर्दै क्वीन्सल्याण्डका प्रहरी आयुक्त क्याटरिना क्यारोलले भनिन्, 'विमान सिमसार क्षेत्रमा निकै कठिन अवस्थामा छ र अहिले त्यस क्षेत्रमा प्रहरी र गोताखोर परिचालन गरिएका छन् ।'-रासस/सिन्ह्वा