तमिलनाडुको पटाका उद्योगमा आगलागी 

१९ जनाको मृत्यु, ३४ जना भन्दा बढी घाइते 
शनिबार, फागुन १, २०७७

नयाँदिल्ली । भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु केही घाइतेसमेत भएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा शुक्रबार घटना भएको हो । यो घटना यस वर्षकै यस प्रदेशकै सबैभन्दा ठूलो नराम्रो घटना भएको अधिकारीले जनाएका छन् । स्थानीयअधिकारी आर कन्नानले मृतकको सङ्ख्या अझै बढी हुन सक्ने बताए । उनका अनुसार केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने देखिएको हो । ‘घटनामा परी अरु ३४ भन्दाबढी घाइते भएका छन्, उनीहरु सबैको अहिले उपचार भइरहेको छ, उनीहरुमध्ये केहीव्यक्तिको शरिरका धेरै भागजलेका छन्, त्यसैले उनीहरुको अवस्था गम्भीर रहेको छ’ उनले भने । कन्नानले दिएको जानकारीअनुसार आगलागी भएका बेला उद्योगमा झण्डै ७४ जना मानिस रहेका थिए । स्थानीय सञ्चारमाध्यमले आगलागी भएको उद्योग अवैध तरिकाले सञ्चालन भइरहेको बताएको छ । प्रहरीले अहिले उद्योगका बारेमा र आगलागीको घटनाका बारेमा अनुसन्धान गरिरहेको छ । घटनाका बारेमा थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै राहत दिने घोषणा गर्नु भएको छ । उनले मृतकलाई परिवारलाई रु दुई लाखका दरले दिने घोषणा गरेका छन् । – एएफपी

प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार