सोसल मिडिया
Contact Us
युनिकोड
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसंघीय एक निकायले हाइटीमा गत वर्षको तुलनामा यसवर्ष खाद्यान्नका साथै अन्य मानवीय सहायता आवश्यकता निकै ठूलो मात्रामा बढेको जनाएको छ । यही फेब्रुअरी महिनामा नै यहाँ खाद्यान्नको आवश्यकता परेका नागरिकको संख्या ४० लाखभन्दा पनि बढी देखिएको छ । राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले गरेको प्रक्षेपणअनुसार हाइटीमा खाद्यान्नलगायतको मानवीय सहायता अवश्यक रहेको जनसंख्या कम्तीमा पनि देशकै जनसंख्याको ४० प्रतिशत रहेको छ । यहाँको जनसंख्याकै कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई यसको अवश्यकता रहेकोले यसका लागि संयुक्त राष्ट्रसंघका साथै अरु अन्तर्राष्ट्रिय संघ संस्थाले पनि सहायता दिनुपर्ने सो निकायले गत बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । हाइटीमा राजनीतिक संकट शुरु भएको थियो । यस संकटका कारण धेरै ठूलो जनसंख्या खाद्यान्नलगायतको समस्या झेल्नुपरेको बताइएको थियो । त्यसयता यहाँका नागरिकले विभिन्न खालका संकट झेल्दै आएका छन् । अहिले पनि हाइटीमा ठूलो संकट बढ्दै गएको देखिएको छ । यहाँ अहिले पनि हिंसात्मक समूहले नागरिकको हत्या, अपहरण तथा लुटपाट गर्ने काम गरिरहेको पाइएको बताइएको छ । यहाँ दिन प्रतिदिन असुरक्षा बढ्दै गएको छ भने हिंसात्मक हमला पनि पछिल्लो समयमा निकै हुने गरेका छन् । कतिपय नागरिक यो हिंसाको चपेटमा परेर पनि न्यूनतम सहायता पनि पाउन सकिरहेका छैनन् । यसैले पनि यहाँ यस्तो सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसंघीय सहायतासम्बन्धी एजेन्सीले जानकारी दिएका छन् । ती एजेन्सीका अनुसार हाइटीको अहिलेको अवस्था हेर्दा असुरक्षा र खाद्यान्न अभावको अवस्था बढी देखिएको छ । –सिन्ह्वा