सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामावाद, ३ पुस । यहाँको एक बैवाहिक समारोहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार कम्तीमा पनि नौ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् । घाइतेलाई अस्पताल पु¥याइएको छ । शुक्रबार राति पञ्जाव प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो । विवाहको भोजमा सहभागी हुन जान लागेको बस सडकबाट तल खसेको थियो । यसमा परेर घाइते भएकाको अवस्था निकै नै गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने पनि प्रहरीले जनाएको छ ।– रासस÷सिन्ह्वा चीनका सबैभन्दा जेष्ठ नागरिकको १३५ वर्षमा निधन उरुम्क्वी –चीन) , ३ पुस । चीनका सबैभन्दा जेष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ । स्थानीय अधिकारीले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आउनु भएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो । उनको जन्म सन् १८८६ को जुन २५मा भएको थियो । उहाँ सन् २०१३ देखि देशको सबैभन्दा जेष्ठ नागरिक घोषित भएका थिए । निधन हुनु अगाडिसम्म पनि उहाँको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीले जानकारी दिएका छन् । “उहाँ सधैँ हासी, खुशी देखिने र आफ्ना नाती नातीनासँग रमाउने गर्नुहुन्थ्यो,” उनका एक आफन्तले भने । उनलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्तरुपमा उपलब्ध गराएको थियो ।
मलेसियामा सडक दुर्घटना दशको मृत्यु मलेसियाको सेलान्गोर राज्यको एक राजमार्गमा शुक्रबार अबेर राति भएको दुर्घटनामा परी आठ बालबालिकासहित १०को मृत्यु भएको अधिकारीले पुष्टि गरेका छन् । दुर्घटनामा तीनवटा कार र एउटा ट्रक ठोक्किँएको थियो । रााति ११ः४२ मा एक सङ्कट कल प्राप्त भएको सेलान्गोर फायर एण्ड रेस्क्यू डिपार्टमेन्टका निर्देशक नोराजाम खामिसले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् । यस दुर्घटनामा परी १७ जनाको ज्यान गएको जनाइए तापनि १० जनाको मृत्यु भएको पुष्टि भएको बताइएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् भने अन्य आठ बालबालिका रहेका छन् । बालबालिकामा पाँच केटा र तीन बालिका रहेका खामिसले बताए ।–रासस/सिन्ह्वा