सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली (भारत), ३ पुस । मेक–इन–इन्डिया पहलप्रति पूर्ण प्रतिबद्धताको आश्वासन दिँदै फ्रान्सेली रक्षामन्त्री फ्लोरेन्स पार्लीले भारतको अनुरोधमा थप राफेल विमान उपलब्ध गराउँन फ्रान्स तयार रहेको बताएका छन् । विकासोन्मुख मुलुकका लागि अनुसन्धान तथा सूचना प्रणालीका अध्यक्ष तथा फ्रान्सका लागि भारतका पूर्वराजदूत डा मोहन कुमारसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन् । “हामी भारतले गर्न सक्ने कुनै पनि अतिरिक्त आवश्यकता वा अनुरोधहरूको जवाफ दिन तयार छौं । हामीलाई थाहा छ कि विमान वाहक छिट्टै डेलिभरी हुनेछ । विमान चाहिन्छ । त्यसैले हामी भारतको निर्णय हो भने अन्य कुनै पनि राफेल उपलब्ध गराउन तयार छौं,“ उनले थपे । फ्रान्सले भारतलाई ३० राफेल विमान उपलब्ध गराएको बेला यस्तो प्रतिक्रिया आएको हो । अर्को वर्ष अप्रिलमा थप ६ वटा विमान उपलब्ध गर्ने तयारी छ । आफ्नो भारत भ्रमणका क्रममा आयोजित एक कार्यक्रममा बोल्दै रक्षामन्त्री पार्लीले फ्रान्सले अन्य कुनै पनि देशले भन्दा बढी भारतीय सामग्रीको आवश्यकता बुझेको छ । “र हामी मेक–इन इन्डियाको पहलका साथसाथै हाम्रो विश्वव्यापी आपूर्ति शृङ्खलाहरूमा भारतीय उत्पादकहरूलाई थप एकीकरण गर्न पूर्ण रूपमा प्रतिबद्ध छौंै उनले भने ।– रासस/एएनआई