उत्तरी चीनमा फसेका खानी कामदारहरूको उद्धार जारी

शनिबार, पुस ३, २०७८

ताइयुवान,  ३ पुस । उत्तरी चीनको साङ्सी प्रान्तमा ३० घण्टाभन्दा बढी समयदेखि बाढी आएको कोइला खानीमा फसेका २१ जना खानी कामदारको उद्धार कार्य जारी रहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । चार सय भन्दा बढी उद्धारकर्ताहरू उद्धार कार्यका लागि खटेका छन् । घटनास्तलमा थुप्रै पम्पहरू स्थापना गरिएको छ  शुक्रबार बिहान ६ बजेसम्म खाडलमा पानीको स्तर २.१ मिटरले घटेको  छ । उद्धारकर्ताहरूले  थप पम्पहरू जडान गरेर खाडलबाट प्रति घण्टा ३०० घन मिटरभन्दा बढी पानी निकाल्ने योजना बनाएका छन् । 
दुर्घटना सियाओई शहरको डुक्सिगो गाउँको कोइला खानीमा बुधबार राति करिब ११ बजे भएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनाको  कारण अवैध उत्खनन  रहेको बताइएको छ। न्यून तापक्रम र तीव्र हावाले खोजी र उद्धार कार्यलाई थप कठिन बनाएको बताइएको छ । घटनामा संलग्न सात जनालाई स्थानीय सार्वजनिक सुरक्षा विभागले नियन्त्रणमा लिएको छ भने फरार अन्यको खोजी भइरहेको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  ०३:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार