सोसल मिडिया
Contact Us
युनिकोड
टोकियो (जापान), ३ पुस । जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आशङ्का गरेका छन् । जेआर ओसाका स्टेशन नजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समय अनुसार बिहान १०ः४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ । करिब २० वर्ग मिटर क्षेत्रफलमा आगलागी भएको थियो । एनएचके प्रसारकले आगलागीका कारण अज्ञात रहेको बताएको छ ।–रासस/एएनआई