सोसल मिडिया
Contact Us
युनिकोड
मस्को, ३ पुस । उत्तर एटलान्टीक सन्धि सङ्गठन (नाटो) को रक्षा मन्त्रीहरूको सम्मेलन यही जनवरी १२ र १३ मा हुने भएको छ । नियमित यस सम्मेलन ब्रसेल्समा हुन लागेको नाटोका अधिकारीहरूले जानकारी दिएका छन् । दुईदिने त्यस सम्मेलनमा विषेश गरेर युक्रेनका बारेमा छलफल हुने पनि अधिकारीहरूले जनाएका छन् । “नाटोको उच्च सैन्य अधिकारीहरूको सम्मेलन यही जनवरी १२ देखि १३ तारिखसम्म बेल्जियमको ब्रसेल्समा गर्ने निर्णय भएको छ,” सङ्गठनका एक अधिकारीले भने । सङ्गठनले आफ्नो वेबसाइटमा राखेको वक्तव्यका अनुसार नाटोका आगामी रणनीतिक योजनाहरूका बारेमा समेत सम्मेलनमा छलफल हुनेछ । नाटोको सुरक्षासम्बन्धी सल्लाह दिने मुख्य संयन्त्रको रूपमा रहेको रक्षा मन्त्रीहरूको सम्मेलनलाई महत्वका साथ हेरिएको छ । नाटोका रक्षा मन्त्रीहरूको बैठक हरेक वर्ष कम्तीमा तीन पटक बस्ने गरेको छ । त्यसमा नाटोले लिएका निर्णय र त्यसको कार्यान्वयनको अवस्थाका बारेमा समीक्षा गर्दै भावी योजना र रणनीतिहरूका बारेमा गम्भीर छलफल हुने गरेको छ ।– रासस/एएनआई