अफगानिस्तानको अवस्थाबारेमा गम्भीर हुन पाकिस्तानद्धारा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

शनिबार, पुस ३, २०७८

इस्लामावाद, ३ पुस । पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको अवस्थाका बारेमा सोच्न विभिन्न विश्व समुदायलाई आग्रह गरेका छन् । पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले अफगानिस्तानको अवस्था निकै नाजुक रहेकाले यस विषयमा सबैले सोच्नुपर्ने बताएका हुन् । उनले अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन्समा बोल्दै भनेका छन, मलाई लाग्छ अफगानिस्तानको अवस्था निकै नै गम्भीर छ, यसमा विश्वका देशहरुले सोच्नुपर्छ । उनले अफगानिस्तानमा दुई वर्षदेखिको खडेरीका कारण राम्रो उब्जनी पनि नभएको र यहाँका नागरिकले राम्रोसँग खाना र औषधि समेत नपाएको अवस्था रहेकोतर्फ सबैको ध्यानाकर्षण गराए । यहाँ आर्थिक मन्दी छाएको, यहाँका सरकारी कर्मचारीले तलब समेत नपाएका तथा पछिल्ला समयमा तालिबानहरुको शासनका कारण पनि यहाँका नागरिकका अधिकारहरु खोसिएको उनले बताए । यस्तो अवस्थामा विदेशी दाता राष्ट्र तथा निकायहरुले अफगानिस्तानका लागि मानवीय सहायता उपलब्ध गराउनुपर्ने पनि उनले जानकारी दिएका छन् ।

मानवीय सङ्कटबाट उम्किन हिउँदमा सयौँ हजार अफगानीहरू युरोप पलायन हुनसक्ने : रुसी कूटनीतिज्ञ

अफगानिस्तानका लागि रुसी राष्ट्रपतिका विशेष प्रतिनिधि जामिर काबुलोभले  ठूलो आर्थिक र मानवीय सङ्कट रोक्न नसकिएमा यो हिउँदमा सयौँ हजार अफगानी जोखिम मोलेर युरोप पलायन हुने सम्भावना बढेको बताएका छन् ।
रूसी समाचार संस्था स्पुटनिकले काबुलोभको भनाइ उद्धृत गरी लेखेको छ, “पश्चिमाहरू अफगानीहरू देशबाट पलायन भई युरोप बसाइँ सराइ गर्ने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन् । संयुक्त राष्ट्र संरचनाहरूले समेत पैसा पठाउन नसक्दा सिर्जना हुने परिणामले अफगानिस्तानको दुई करोड तीस लाख जनसङ्ख्याको कम्तीमा दशौँ भाग यो जाडोमा युरोप पलायन हुनेछन् ।” 
सयौँ हजार अफगान परिवारहरूले देश छोड्नुपर्ने स्थितिप्रति विश्व समुदाय मुकदर्शक हुन नहुने भन्दै अफगानिस्तानको रोक्का भएको सम्पत्ति खुला गर्न सम्बन्धित मुलुक र परोपकारी संस्थाहरूले बेलैमा ध्यान दिन जरूरी रहेको कुरामा काबुलोभले जोड दिए । रूसी कूटनीतिज्ञ काबुलोभले भने, “संसारले अफगानीहरूलाई मद्दत आवश्यक छ । ताकि उनीहरूले गुमाएका सबै सीमा तोड्न, युरोपमा प्रवेश गर्न नसकून ।”–रासस/एएफपी
 

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  ०३:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार