हाइटीमा ग्यास ट्रक विस्फोट ६२ जनाको मृत्यु

बुधबार, मंसिर २९, २०७८

क्याप–हाइटियन (हाइटी), २९ मङ्सिर । हाइटीमा मङ्गलबार भएको ठूलो ग्यास ट्रक विस्फोटमा  परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । गरिबीले ग्रस्त क्यारिबियन यस राष्ट्रको राजधानी हाइटीको दोस्रो सहर क्याप–हाइटियनमा सो विस्फोट भएको छ । प्रधानमन्त्री एरियल हेनरीले घटनास्थलको भ्रमण गर्नुको साथै स्थानीय अस्पतालमा दर्जनौं घाइतेसँगै भेटघाट गरेका थिए ।  
त्रासदीको सामना र यस दुर्घटनामा परेकाका लागि मद्दत गर्न आपतकालीन कोषहरु खर्च गरिने उनले ट्वीटमार्फत घोषणा गरेका छन् । विष्फोटमा वरपरका भवनहरु जलेर नष्ट भएका छन् । घटनास्थलमा भीड जम्मा भएका , केही मृतकहरू शरीरको झोलामा सडकमा छोडिएका बताइएको छ । 
‘हामीले अहिलेसम्म ६२ जनाको मृत्यु भएको गन्ती गरेका छौं,’ डेपुटी मेयर प्याट्रिक अल्मोनोरले भनेका छन् । सरकारी अधिकारीहरुले अझै नजिकैका भवनहरूमा पीडितहरूको खोजी गरिरहेका बताइएको छ  ।कैयौ मानिसहरुलाई जिउँदो जलेको देखेको अल्मोनोरले एक डरलाग्दो दृश्यको वर्णन गर्नु हुदै जलेका ती व्यक्तिहरुको पहिचान गर्न असम्भव भएको पनि उनले बताएका छन् । 
मोटरसाइकल र ट्याक्सी जोगिनका लागि गुड्ने क्रममा चालकले नियन्त्रण गुमाएपछि ट्रक पल्टिएको अनुमान गरिएको छ । हाइटीको नागरिक सुरक्षा विभागले ट्रक दुर्घटना भएको पुष्टि गरेको छ ।–रासस/एएफपी
 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १६:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार