आजदेखि चिनियाँ नया वर्ष  

चिनियाँ र अमेरिकी राष्ट्रपतिले टेलिफोनमा शुभकामना आदान प्रदान
शुक्रबार, माघ ३०, २०७७

बेइजिङ् । चिनियाँ नयाँ वर्ष आजदेखि सुरु भएको छ । चिनियाँ परम्परा अनुसार हरेक बर्षको फेब्रुअरी १२ मा नयाँ वर्ष पर्छ । वसन्त पर्व पनि भनिने चिनियाँ नयाँ वर्षलाई चीनमा महत्वका साथ मनाइन्छ ।  महत्वपूर्व पर्वको अघिल्लो दिन अमेरिकी राष्ट्रपति जो बाइडन तथा चिनियाँ राष्ट्रपति सी चिन फिङबीच  टेलिफोन वार्ता भएको छ । दुई राष्ट्राध्यक्षबीचको कुराकानीले दुवै देश सहित विश्वभरी नै सकारात्मक तरङ्ग फैलाएको छ ।  उनीहरूबीच यो पर्वको शुभकामनासँगै द्विपक्षीय सम्बन्ध र महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे गहिरो रूपमा विचार पनि आदान प्रदान भएको छ ।  चीनका राष्ट्रपति सी  र अमेरिकी राष्ट्रपति बाइडन बीच समकक्षीका रुपमा पहिलो पटक फोन वार्ता भएको हो ।  वाइडन गत जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस प्रवेश गरेपछि बिहीबार उनीहरूबीच पहिलो पटक टेलिफोन कुराकानी भएको हो । विश्वका दुई शक्तिशाली तर एक अर्काका प्रमुख प्रतिस्पर्धी मुलुकका प्रमुखहरूका बीचमा भएको कुराकानीले विश्वलाई नै सकारात्मक सन्देश दिएको छ । टेलिफोन कुराकानीका क्रममा उनीहरूले चिनियाँ नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान गरेका थिए । 

दुई नेताबीचमा सिधा कुराकानी हुनुलाई राम्रो सङ्केतका रूपमा लिन सकिने विश्लेषकहरूले बताएका छन् । यसले बाँकी विश्वलाई पनि फाइदा नै गर्ने उनीहरूको भनाइ छ । दुई नेताले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा नजिक रहेर काम गर्ने प्रतिवद्धता गर्नु अर्को सुखद पक्ष मानिएको छ ।  टेलिफोन कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति बाइडनले चीनसँग आफु रचनात्मक र उपलब्धिमुलक वार्ता गर्न चाहेको उल्लेख गरेका थिए ।  दुई पक्षकाबीचमा आत्मीक सम्वन्ध बढाउन, दुई पक्षीय बुझाई साझा र राम्रो बनाउन सहयोगी हुने बैठक तथा वार्ताका लागि इच्छुक रहेको उनको भनाई थियो ।  त्यसैगरी एक अर्काप्रतिको गलत बुझाई र गलत सञ्चारका बारेमा पनि स्पष्टता आवश्यक रहेकोमा बाइडनले जोड दिएका थिए ।  वार्तामा चिनियाँ राष्ट्रपति सीले विगतको आधा शताब्दीमा चीन र अमेरिकाबीचको सम्बन्धमा विकास भएको प्रकृयाबारे समीक्षा गरी आगामी दिनमा त्यस्तो नहुने विश्वास व्यक्त गरेका थिए । उनले दुई देशबीच सहयोग भए साझा फाइदा हुने र द्वन्द्व भए दुवै पक्षलाई हानी हुने दोहो¥याएका थिए । टेलिफोन वार्ताका क्रममा सीले विभिन्न संयन्त्र बनाएर दुई देशका कुटनीतिक, आर्थिक, बैकिङ्ग, कानुन कार्यन्वयन, सेनालगायत विभागबीच सम्पर्क गरी आपसी राजनीतिक लक्ष्यलाई सही तरिकाले बुझ्ने प्रस्ताव गरे ।    निरन्तर र निकट रहेर वार्ता गर्ने दुवै राष्ट्राध्यक्षको चाहनाले बेइजिङ् र वासिङ्टनबीचको विगतको दुरी घट्ने संभावना अन्त्यन्त धेरै देखिएको छ ।पछिल्ला केही बर्ष चीन र अमेरिकाका बीचमा नराम्रो सम्वन्ध बढ्दै गएको थियो । कतिपय अवस्थामा लामो समयपछिकै सवैभन्दा नमिठो पनि महसुस गरिएको थियो । चीन र अमेरिकाका नेताले अव भने असामान्य क्षमता र साहस देखाउनसक्ने धेरैले अपेक्षा गरेका छ । विशेष गरी अमेरिकाले यस पटकको वार्ताको भावनालाई व्यवहारमा उतारी चीनसँग दुई देशको सम्बन्धको सुधार गर्नसक्ने आशा गर्न सकिन्छ । द्विपक्षीय सम्बन्ध सुधार गर्ने दुई नेतामा राजनीतिक इच्छा देखिएकोले पनि यस्तो आशा गर्न सकिने देखिन्छ ।–सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  ०५:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार