टोकियो ओलम्पिक प्रमुख मोरी राजिनामा दिने मनस्थितिमा

शुक्रबार, माघ ३०, २०७७

टोकियो । टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरीले महिला अधिकारीबारे गरेको टिप्पणीका कारण जापान र विदेशमा आक्रोश व्यक्त गरिन थालेपछि राजीनामा गर्ने मनस्थितिमा पुगेका छन् । उनले ‘महिलाहरू बैठकमा बढी बोल्छन्’ भनी गरेको अभिव्यक्तिलाई लैङ्गिक रूपमा विभेधकारी रहेको भनी राजनीतिक वृत्तमा आलोचनापछि यो निर्णय आउन लागेको हो । महिलाबारेको उनको टिप्पणी आयोजकहरूका लागि पछिल्लो समय  टाउको दुखाइ बनेको थियो । महामारीको बावजुद जापानले गृष्म ऋतुमा ओलम्पिक खेल आयोजना गर्ने योजनाबीच ओलम्पिक समितिले उनको अभिव्यक्तिलाई लिएर सार्वजनिक असन्तुष्टिको सामना गरिरहेको छ । 
८३ वर्षीय मोरीले खेल आयोजकहरूको एक बैठकमा आफ्नो राजीनामा घोषणा गर्ने तयारीमा छन् ।  उनको उत्तराधिकारीका रूपमा ८४ वर्षीय सबुरो कावाबुचीलाई अघि सार्ने संभावना रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।  जापानका पूर्व प्रधानमन्त्रीसमेत रहेका मोरीले जापानी ओलम्पिक समितिका सदस्यहरूलाई आफूले गत हप्ता गरेको टिप्पणीका कारण यो निर्णय लिन दवाव परेको बताइएको छ । ‘जब तपाईं महिला कार्यकारी सदस्यहरूको सङ्ख्या बढाउनुहुन्छ, यदि उनीहरूको बोल्ने समय एक निश्चित नभएमा उनीहरूले आफ्नो भनाईलाई निश्कर्षमा पु¥याउन कठिनाई हुने र यो अप्रिय हुने गर्छ’ उनले भनेका थिए ।   उनले लैङ्गिक विभेध सिर्जना गर्ने अभिव्यक्तिका लागि माफी मागेपनि महिलासँग आँफू धेरै बोल्न नचाहने बताएका कारण समस्या थप जटिल बनेको थियो ।–एएफपी
 

प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  ०५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार