साउदी सेनाद्वारा यमनमा हवाई कारबाही जारी, २०० हुथी विद्रोहीको मृत्यु

सोमबार, मंसिर २७, २०७८

रियाद, २७ मङ्सिर । यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गत शनिबारदेखि निरन्तर रुपमा कारबाही जारी राखेको छ । सो हवाई कारबाहीमा परेर कम्तीमा पनि २०० जना हुथी विद्रोहीहरु मारिएका बताइएको छ । शनिबारदेखि यहाँको मारिब प्रान्तमा सायदी सेनाले निरन्तर रुपमा कारबाही जारी राखेको बताइएको छ ।
उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १९० जना हुथी विद्रोहीहरुको ज्यान गएको साउदी अ‍ेरिबयाको सरकारी प्रेसले शनिबार जनाएको थियो । तर आइतबार यसमा बृद्धि भएको छ । सो कारबाहीमा परेर कम्तीमा पनि २०० जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका यमनको सरकारी सेनाले आइतबार साँझ पुष्टी गरेको जानकारी दिएका छन् । यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ ।
उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन् । मारिब क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो । साउदी सेनाको नेतृत्वको हवाई सेनाले शनिबारदेखि नै सो क्षेत्रमा हमला गरेका हुन् । शनिबारदेखि कम्तीमा पनि ३६ ओटा साना ठूला आक्रमणहरु गरेको पाइएको छ ।
शनिबारको सो आक्रमणका क्रममा हुथी विद्रोहीहरुका कम्तीमा पनि २१ ओटा आश्रयस्थल र केही सवारी साधनहरु ध्वस्त पारिदिएको बताइएको छ  ।
साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार