जर्मनीमा मार्च ७ सम्म लकडाउन 

शुक्रबार, माघ ३०, २०७७

बर्लिन जर्मनीमा लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म लम्ब्याइएको छ । अहिले पनि जर्मनीमा लकडाउन छ । लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पु¥याउने गरी निर्णय भएको हो । जर्मन चान्सर एन्गेला मर्केल र यहाँका १६ ओटा संघीय नेताले लकडाउन गर्ने विषयमा सहमति जनाएका थिए । उनीहरुको सहमतिलगत्तै यहाँको सरकारले जर्मनमा हाल कायम रहेको लकडाउनको अवस्थालाई आगामी मार्च महिनाको ७ तारिखसम्मका लागि लम्ब्याएको जानकारी गराएका हुन् । जर्मनीका प्राय सबैजसो स्थानमा प्रतिबन्धसहितका केही प्रावधान राखेर यहाँ लकडाउन जारी रहेको थियो । यो लकडाउनको अवधि यही फेब्रुअरी १४ सम्मका लागि थियो । सो अवधि सकिनु अगावै जर्मनी सरकार उक्त अवधिलाई लम्ब्याउने निर्णय गरेको हो ।  जर्मनीमा देशभरि नै नभएर आंशिकरुपमा लकडाउन गरिएको छ । अघिल्लो नोभेम्बर महिनाको पहिलो हप्तादेखि नै लकडाउन सुरु गरेको थियो ।  यो अवस्था अहिले पनि जारी छ । यहाँका कतिपय स्थानमा कोभिडका सङ्क्रमित घटेको भए पनि उल्लेख्यरुपमा कमी आउन भने सकेको छैन । यहाँ कोरोना भाइरसको नयाँ स्वरुपको प्रजाति पनि पाइएको छ । यसकारण पनि यहाँ लकडाउनलाई निरन्तरता दिने निर्णय सरकारले गरेको बताइएको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  ०५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार