अमेरिकाले लगायो चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध

आइतबार, मंसिर २६, २०७८

न्युयोर्क, २६ मंसिर । अमेरिकाले चीन, म्यानमार, उत्तर कोरिया र वंगलादेशका दर्जनौं व्यक्ति र उनीहरु आबद्ध संस्थामाथि प्रतिबन्ध लगाएको छ । मानवअधिकार दुव्र्यवहारका घटना बढेको भन्दै चीनले यी देशका केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको प्रतिबन्धलाई बेलायत र बेलायतले पनि साथ दिएको छ ।  ‘हाम्रो कदमले राज्य शक्ति दुरुपोग गरी दमन र पीडा लाद्नेविरुद्ध विश्वभरका प्रजातान्त्रिक देशहरुलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ,’ राज्यकोष मामिलासम्बन्धी सहायक मन्त्री वाले एडियेमोले भने ।  अमेरिकी प्रतिबन्धको चारै देशले कुनै प्रतिकृया दिएका छैनन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार