सोसल मिडिया
Contact Us
युनिकोड
त्रिपोली (लिबियो), २५ मङ्सिर । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले शुक्रबार लिबियाबाट १७६ जोखिममा परेका शरणार्थीलाई रुवान्डाबाट उद्धार गरेको जनाएको छ। संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीको विज्ञप्तिअनुसार, ूआपतकालीन ट्रान्जिट मेकानिज्म प्रयोग गरेर यो वर्ष रुवान्डाको लागि गरिएको यो दोस्रो मानवीय उद्धार उडान थियो।“ ती विस्थापितमा इरिट्रिया, इथियोपिया, सुडान र दक्षिण सुडानका धेरै बच्चाहरू रहेका छन् ।धेरै शरणार्थी बेचबिखनका शिकार भएका वा लैङ्गिक हिंसा र अन्य प्रकारका दुर्व्यवहारबाट बचेका थिए । त्यसैगरीधेरैलाई हिरासतबाट रिहा गरिएको पनि जनाइएको छ । शरणार्थीलाई सम्भव भएसम्म तेस्रो देशहरूमा पुनर्वास, स्वैच्छिक फिर्तावा रुवान्डामा व्यवस्थापनजस्ता टिकाउ समाधान खोज्न मद्दत गर्ने लक्ष्य राखिएको छ। 'रुवान्डामा धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको देख्दा राहत मिल्छ। हामी यस देशको नेतृत्व र हाम्रा समर्थकलाई उनीहरूले विस्थापितको आशालाई पुनर्जीवित गर्ने प्रयासमा उदार समर्थन गरेकोमा प्रशंसा गर्छौं', रुवान्डाका लागि ग्ल्ज्ऋच् प्रतिनिधि अहमद बाबा फलले भन्नुभएको छ। सन् २०१७ देखि ७,४९० शरणार्थीले तेस्रो देशहरूमा पुनर्वास गरेको जनाइएको छ । धेरै गैरकानूनी आप्रवासीहरूप्रायः अफ्रिकी, लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारमा जाने गर्छन् । राजनीतिक अराजकताको कारणले गर्दा यो देश २०११ देखि सङ्कटग्रस्त छ।