विश्व बैंक दाताद्वारा अफगानिस्तानका लागि २८० मिलियन अमेरिकन डलर अनुमोदन 

शनिबार, मंसिर २५, २०७८

वासिङ्टन (अमेरिको), २५ मङ्सिर । विश्व बैंक दाताहरूले शुक्रबार अफगानिस्तानलाई मानवीय समस्याहरू सम्बोधन गर्न २८० मिलियन अमेरिकन डलर जारी गर्न अनुमोदन गरेका छन्।
अफगानिस्तान पुनर्निर्माण ट्रस्ट दाताले युनिसेफ र विश्व खाद्य कार्यक्रमलाई डिसेम्बरको अन्त्यसम्ममा सो रकम उपलब्ध गराउन सहमत भएको  विश्व बैंकलाई उद्धृत गर्दै स्पुतनिकले उल्लेख गरेको छ।
विज्ञप्ति अनुसार युनिसेफले अफगानिस्तानमा अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न अमेरिकी डलर १०० मिलियन प्राप्त गर्नेछ भने डब्लुएफपीले देशमा खाद्य सुरक्षा र पोषण सञ्चालनलाई सबल बनाउन १८० मिलियन डलर प्राप्त गर्नेछ । 

भारतले अफगानिस्तानमा मेडिकल सामग्री पठायो
भारतले अफगानिस्तानबाट हटाइएका भारतीय र अफगानीहरूलाई ल्याएको फिर्ती उडानमार्फत् काबुलमा मेडिकल सामग्रीपठाएको छविदेश मन्त्रालयले शनिबार  जनाएको छ ।
यी औषधिहरू काबुलमा रहेको विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० का प्रतिनिधिहरूलाई हस्तान्तरण गरिनेछ ।
ूअफगानिस्तानमा चुनौतीपूर्ण मानवीय अवस्थालाई ध्यानमा राख्दैभारत सरकारले आज फिर्ती उडानमा चिकित्सा आपूर्तिको खेप पठाएको छ विदेश मन्त्रालयले जनाएको छ ।
शुक्रबार विशेष उडानले अफगानिस्तानबाट हिन्दू(सिख अल्पसंख्यक समुदायका सदस्यहरू सहित १० भारतीय र ९४ जना अफगानीहरूलाई भारतले देवी शक्ति अपरेशन अन्तर्गत राष्ट्रिय राजधानीमा ल्याएको विदेश मन्त्रालयले जनाएको छ।
अपरेसन देवी शक्तिू अन्तर्गत अफगानिस्तानबाट कुल ६६९ जनालाई अहिले बाहिर निकालिएको मन्त्रालयले जनाएको छ जसमा सयौं भारतीय र अफगानीहरू छन् ।त्यसमा पनि अफगान हिन्दूरसिख अल्पसंख्यक समुदायका सदस्यहरू  रहेका छन् ।
सन् २०२१ को अगस्ट महिनाको शुरुमा अफगानिस्तानबाट ४३८ भारतीयसहित ५६५ जनालाई बाहिर निकालिएको थियो।
 

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार