सोसल मिडिया
Contact Us
युनिकोड
बामाको, २४ मङ्सिर । मालीमा संयुक्त राष्ट्रसंघका सात शान्ति सैनिक मारिएका छन् । मालीमा खटेको शान्ति मिसन मिनुस्माका ७ जना सैनिक मारिएका छन् । बुधबार ती सैनिक मालीको राजधानी बामाकोनजिकै भएको आक्रमणमा मारिएका हुन् । सो आक्रमणमा परी अरु तीनजना गम्भीर रुपमा घाइते भएका संयुक्त राष्ट्रसंघीय सो शान्ति मिसनले जनाएको छ । मालीको सो संयुक्त राष्ट्रसंघीय मिसनले सहायता सामग्री बोकेर डोजेन्टा नगरबाट गइरहेका बेला सवारी साधनमाथि नै हमला गरिएको थियो । सो हमलामा परी सात जना शान्ति सैन्य मारिएका र अरु तीन जना गम्भीर रुपमा घाइते भएका यहाँको सो मिसनले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ । यसअघि पनि मालीको शान्ति मिसनलमा यसैगरी हमला हुने गरेको छ । जसमा परेर कैयौँ सैनिक मारिएका छन् । सो शान्ति मिसनमाथि भएको हमलाको संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले निन्दा गरेका छन् । उनले शान्ति स्थापनाका लागि खटेका सैनिकमाथिको हमला निन्दनीय रहेको बताए ।–रासस/सिन्ह्वा