सोसल मिडिया
Contact Us
युनिकोड
पेशावर (पाकिस्तान), २४ मङ्सिर । आतङ्ककारी समूहसँग भएको झडपका क्रममा अधिकारीहरूले १०० जनासम्म पाकिस्तानी तालिबान कैदीलाई रिहा गरेको जानकारी दिएका छन् । अफगान तालिबानसँग साझा इतिहास बाँड्ने छुट्टै आन्दोलन तेहेरेक–ए–तालिबान पाकिस्तान (टीटीपी)ले सन् २००७ मा गठन भएपछि पाकिस्तानमा गरेका गतिविधिका कारण देशलाई हिंसाको बाटोमा तरङ्गित बनाएको थियो । यस सशस्त्र आन्दोलनलाई दमन गरेको सात वर्षपछि इस्लामाबादले सीमापारि अफगान तालिबानको विजयसँग सम्बन्धित टीटीपी पुनरागमनको प्रभाव आफ्नो भूमिमा नमौलाओस् भन्ने चाहन्छ र द्वन्द्वको कूटनीतिक समाधान गर्ने प्रयास गरिरहेको छ । दुवै पक्ष वार्तामा जुटेका छन् । डिसेम्बर ९ मा अन्त्य हुन लागेको एक महिने वार्ता अवधि विस्तार भएको टीटीपी स्रोतले बताएको छ । टीटीपी सक्रिय रहेको अफगान सीमा नजिकैको दुर्गम जनजातीय क्षेत्र नजिकैको सहर पेशावरमा बसोबास गर्ने एक सरकारी अधिकारीले भने, “गत १० देखि १५ दिनमा १०० जनासम्म तालिबान लडाकुहरू मुक्त भएका छन्, तिनीहरू निम्नस्तरीय लडाकूहरू हुन् र तिनीहरू अवलोकनमा रहनेछन् ।” सहरका एक सुरक्षा अधिकारीले पनि उत्तरपश्चिमी खबर पख्तुनख्वा प्रान्तका विभिन्न जेलहरूबाट मुक्त भएको पुष्टि गरे र उनीहरूलाई अफगानिस्तान स्थानान्तरण नगरिने बताए । पूर्वी अफगानिस्तानमा बसोबास गर्ने तालिबानका एक वरिष्ठ कमान्डरले एएफपीलाई विश्वास बढाउने उपायको रूपमा उनीहरूको भना महत्वपूर्ण भएको बताए । “टीटीपी नेतृत्वले अनिश्चित कालसम्म युद्धविराम बढाउन आफ्नो समूह इच्छुक रहेको छ,” पाकिस्तानी तालिबान कमान्डरले एएफपीसँग फोनमा गरेको संवादमा बताए । एएफपीसँग कुरा गर्ने दुई सरकारी अधिकारीहरूले पनि यस सहमतिलाई विस्तार गर्ने पुष्टि गरे । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सन् २०१४ पछि पहिलो पटक सरकारले टीटीपीसँग वार्ता गरिरहेको घोषणा अक्टोबरमा गरेका थिए । यसका लागि अगस्तमा सत्ता कब्जा गरेको अफगानिस्तानका तालिबानका उदीयमान नेताहरूले मध्यस्थता गरेका थिए । यस वार्ताले पाकिस्तान भित्रका धेरैलाई सर्वसाधारणले विद्यालय, होटल, चर्च र बजारलगायतका स्थानमा भएका क्रुर आक्रमणहरू सम्झँदै सरकारी प्रयासको आलोचना पनि गरेका छन् । आन्दोलनमा करिब ७० हजार मानिसहरूको ज्यान गएको थियो । यस वर्ष टीटीपीले अगस्तमा ३२, सेप्टेम्बरमा ३७ र अक्टोबरमा २४ वटा आक्रमणको दावा गरेको थियो तर पाकिस्तानी अधिकारीहरूको भनाइमा सामान्यतया बढाइचढाइ गरिएको छ । सन् २०२० को सम्पूर्ण समयमा संयुक्त राज्य अमेरिकाले पहिलो पटक अफगानिस्तानबाट आफ्नो फौज हटाउन सुरु गर्ने वचन दिँदा सन् २०१९ को तुलनामा तीन गुणा बढी १४९ आक्रमणको दाबी गरेको थियो । हजारौँ टीटीपी लडाकुहरू अफगानिस्तानमा रहेको अनुमान गरिएको छ पूर्वी उच्च भूभाग छिमेकी पाकिस्तानमा छ । उनीहरूले सन् २०१४ को पाकिस्तानी दमनपछि आश्रय लिएर बस्ने गरेका छन् ।– रासस/एएफपी