चीन पनि कोरोनासँग लड्दै 

बेइजिङका नगरलाई उच्च र मध्यम जोखिमका रुपमा छुट्याइयो
बुधबार, माघ २८, २०७७

बेइजिङ । चीन सरकारका स्वास्थ्य अधिकारीले यहाँको राजधानी शहर बेइजिङका कतिपय नगरलाई उच्च तथा मध्यम खालको जोखिमयुक्त नगरका रुपमा विभाजन गरिएको जनाएका छन् । बेइजिङका अधिकारीले मंगलबार पत्रकार सम्मेलन गरी बेइजिङको रोङ्घाई नगरलाई यसअघि उच्च जोखिम भएको नगरका रुपमा राखिएकोमा मंगलबार त्यसलाई पनि न्यून जोखिमयुक्त नगरका रुपमा राखिएको छ । मानिसका ठूलो बस्ती रहेका यहाँका अरु नगरहरु भने यसअघि नै कम जोखिमयुक्त बस्ती तथा नगरका रुपमा लिइएको छ । यहाँका अधिकारीहरुले नागरिकको बस्ती तथा नगरको घनत्व पनि हेरेर त्यहाँ महामारीको के कस्तो अवस्था छ भन्ने बारेमा अनुसन्धान गरिरहेका छन् । यदि उच्च जोखिमयुक्त अवस्थामा ती बस्ती र नगर रहेको अवस्थामा भने सफा गर्ने, स्यानिटाइज गर्ने र नागरिकहरुलाई सतर्क रहन आग्रह गर्ने गरिएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  १६:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार